जनकपुर, ३० असोज । आन्तरिक राजश्व कार्यालय जनकपुरका कम्प्युटर अप्रेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सोमबार ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीले पसल बन्द गरि पाऊ भनि निवेदन दिएकोमा सो कामका लागि कर्मचारी महतोले ३२ हजार रुपैयाँ घुस मागेका थिए । त्यस पश्चात ती सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा उजुरी दिएका थिए । ती सेवाग्राही सोमबार काम गराउन आउँदा महतोले ३२ हजार रुपैयाँ घुस लिएपछि खटेको अख्तियाको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ ।