काठमाडौं ७ कात्र्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३र७४को संचित मुनाफाको १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांस दिने भएको छ। बैंकको मंगलबार बसको ३१ औं शाधरणसभाले असार मसान्तसम्मको कायम सयर पूँजीको आधारमा बोनस र नगद लाभांस दिने निर्णय पारित गरेको हो। यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। जस अनुसार इन्भेष्टमेन्ट बैंक नेपालका निजी बैंकहरुमध्ये सबै भन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्न सफल भएको छ।
आर्थिक वर्ष २०७३र७४ मा ५ अर्ब २४ करोड मुनाफा कमाएको यस बैंकको सञ्चित रकम १८ अर्ब ७० करोड पुगेको छ। बैंकको निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। बैंक खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्षम ०।६८ प्रतिशत खराब कर्जा रहेकोमा यो आर्थिक वर्षमा ०।८३ पुगेको हो। यस बैंकका ६१ वटा शाखा कार्यलय र ८३ एटिएम मेसिन पुगेका छन्। मंगलबारको साधरण सभाले बैंकको सञ्चालकमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशला श्रेष्ठ र पृथ्वीबहादुर पाण्डेलाई निर्विरोध चयन गरेको छ।