काठमाडौं १७ मंसिर । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको २५ प्रतिशत बोनस प्रस्ताब पारित भएको छ। लघुवित्तको पोखरामा सम्पन्न साधारणसभाले संचालक समितिको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश प्रस्ताब पारित गरेको हो।
लाभांश प्रस्ताब पारित भए पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी १४ करोड ८ लाख ७५ हजार पुगेको छ। १० जिल्लाबाट राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भएको यस लघुवित्तले हाल ६७ वटा शाखा मार्फत लघुवित्त सेवा दिंदै आएको छ।