२०८२ फागुन १ गते | 13th of February 2026

कृषि विकास बैंकका मुख्य शाखा प्रवन्धक सहित तीन पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते १७:३७

काठमाडौ २५ मङ्सिर । भ्रष्ट्राचार आरोपमा कृषि विकास बैंकका मुख्य शाखा प्रवन्धक सहित तीन जना पक्राउ परेका छन् । कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई रकम हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा, न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, सोही शाखाका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । उनीहरुले बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको सीआइबीले जनाएको छ । उनीहरुलाई मंसिर २४ गते आइतबार पक्राउ गरी सोमबार उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु९याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गरेको आरेपमा यसआिघ प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर–६ का ४२ वर्षीय रमेशकुमार थापा लाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *