२०८३ वैशाख २० गते | 3rd of May 2026

लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयर पारित

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते १६:११

 

काठमाडौं २८ मंसिर । लक्ष्मी बैंकको प्रस्तावित १० प्रतिशत बोनस शेयर बार्षिक साधारणसभाबाट पारित भएको छ। यससंगै बैंकको चुक्ता पुंजी ८ अर्ब २२ करोड पुगेको छ।

बैंकको मङ्सिर २८ मा बसेको साधारणसभाले लाभांशसम्बन्धि उक्त प्रस्ताब पारित गरेको हो। सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश समेत स्वीकृत गरेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब हाराहारी खुद मुनाफा गरेको थियो।

करिब १४ बर्ष अघि स्थापना भएको लक्ष्मी बैंकका सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट, दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था संचालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *