काठमाडौं, ८ पुस । गैरआवासीय नेपाली संघ ९एनआरएन० ले नेपाली पुँजी बजारमा १० अर्ब लगानी गर्ने बताएको छ। शुक्रबार संघका नवनिर्वार्चित पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीसँग भेट गरी सेयर बजारमा एनआरएनले लगानी गर्न पाउने व्यवस्था भए सुरुमै १० अर्ब लगानी गर्ने बताएका हुन्।
एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएन साथीहरू नेपालको पुँजी बजारमा संस्थागत रूपमा लगानी गर्न इच्छुक रहेको बताए। भट्टले भेटमा धितोपत्र बजारमा लगानी गर्न बोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिन अनुरोध गरेका थिए।
सोही अवसरमा उनले सुरुमै एनआरएनले १० अर्ब लगानी गर्ने योजना गरेको बताएका थिए। बोर्डका अध्यक्ष डा। कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन भइ अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने बैकल्पिक लगानी साधनसम्बन्धी नियमावलीको मस्यौदा निर्माण भइरहेको बताए।
‘एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेपालको धितोपत्र बजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न बोर्डले कार्य अगाडि बढाएको छ,’ उनले भने।
सो अवसरमा पुँजी बजारमा पूर्ण स्वचालित कारोबार, सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरूले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था, बजार विस्तार तथा पहुँचमा वृद्धिजस्ता संरचनात्मक सुधार भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुँदै गएको बताए। साथै डा।कार्कीले एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो लिखित रूपमा सुझाव समेत पेस गर्न आग्रह गरे। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।