काठमाडौं १० पुस। पुस २२ गते घलेम्दी हाइड्रो लिमिटेडको चौथो वार्षिक साधारणसभा हुने भएको छ । साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको चयन गर्नेछ ।
यस्तै कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । भिवोर क्यापिटल लिमिटेडले कम्पनीको सेयर बिक्री प्रवन्धकको काम गर्दैछ ।