लस एन्जलस – साउदर्न क्यालिफोर्नियाका नेपालीहरूले आज होली पर्व मनाएका छन् । मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टरको आयोजनामा गरिएको होलीमा रमाइलो गर्न केटाकेटी, युवा युवती देखि बूढाबूढी समेत सहभागी भएका थिए । अमेरिकाको पूर्वी भाग न्यु योर्क, भर्जिनिया देखि टेक्सस, कोलोराडो लगायतका शहरमाहरुमा बस्ने नेपालीहरूले यो पर्वलाई उल्लासका साथ मनाएका छन् ।
नेपाली संस्कार, संस्कृति, पन र मनलाई जोड्न रंगहरुको पर्व होलीको आयोजना गरिएको एसोसिएसनका च्याप्टर अध्यक्ष दिनेश शाहले बताए । 




















नेपालीहरूको विदेशीने बढ्दो क्रमसँगै नेपाली चाडबाड र पर्वहरू विश्वभर मनाउन थालिएको छ । नेपाल,भारत, भुटान, श्रीलंका बङ्गलादेश, इन्डोनएशियामा फाल्गुण पूर्णिमाको दिन मनाइने फागु पर्वलाई वसन्त ऋतुको स्वागत गर्ने चाडको रूपमा मनाउने प्रचलन सदियौं पुरानो हो । अहिले भारतमा ‘होली’ पर्वका रूपमा यो प्रख्यात भएको छ । त्यही प्रभावबाट हिजो आज नेपालीहरूले पनि होली नै भन्न थालेका छन् । यस पर्वमा मानिसहरू आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिबृद्धि गर्न विभिन्न रङहरूको प्रयोग गरेर हर्षोल्लासपुर्वक मनाइन्छ ।

हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ ।



समाचार स्रोत : दुरबिननेपाल
फोटो : गोकुल ढकाल /अग्नी चौलागाइं