२०८१ साउन १२ गते | 27th of July 2024

हेमानन्द गिरी शंकराचार्य नै नभएको काशी विद्वत परिषदको ठहर

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १२ गते ८:३३

काठमाडौं – केहि समयदेखि शंकराचार्य नियुक्त भन्दै आएकी हेमानन्द गिरीबारे काशी विद्वत परिषदले आफ्नो धारणा सार्वजनिक गर्दै उनी शंकराचार्य नै नभएको प्रष्ट पारेको छ।

महामहोपाध्याय प्राध्यापक रामयत्न शुक्लको अध्यक्षतामामा बसेको बैठकले आफ्नो निर्णय सार्वजनिक गर्दै आदी शंकराचार्यले शुरु गरेको शंकराचार्य परम्परा अनुसार भारतबर्षका ४ मठमा मात्र शंकराचार्य हुने प्रष्ट पारेको छ। ति मठ बाहेक अन्य मठ मन्दिरमा शंकराचार्य नियुक्त नहुने काशी विद्वत परिषदले प्रष्टयाएको हो।

सुनसरीको हेमानन्द गिरीलाई पशुपति मठको शंकराचार्यमा घोषित गरेकोमा परिषदले असहमति जनाएको छ।

शंकराचार्य हुनको लागि चाहिने योग्यताको बारेमा आदी शंकराचार्यले नै बनाएको मठाम्नायमा उल्लेख गरिएको परिषदले जनाएको छ। मठाम्नायमा उल्लेख भएको कुनै पनि विधी र प्रक्रिया परा नगरिएको र कुनै पनि गुण समेत हेमानन्द गिरीमा नमिल्ने जानकारहरु बताउँछन।

शंकराचार्य पद सदियौदेखि पालना हुँदै आएको विशिष्ट परम्परा र अभ्यास भएको उल्लेख गर्दै परिषदले यो उच्च सम्मान र पद कुनै व्यक्ति वा संस्थाले दिने खालको नभएको पनि प्रष्टयाएको छ। उसले गिरीको नाममा दिइएको शंकराचार्य मठाम्नाय अनुसार पनि अवैधानिक भएको जनाएको छ।

के हो शंकराचार्य परम्परा ?
नारायणं पद्मभवं वशिष्ठं शक्तिञ्च तत् पुत्र पराशरम् च।

व्यासं शुकं गौड पदं महान्तं गोविन्द योगीन्द्रमथाशिशिष्यम् ।

श्री शंकराचार्य मथास्यपदम् पादं च हस्तामलकं च शिष्यम्

तं त्रोटकं वार्तिक कार्यमन्यानस्मत् गुरुन् संततमानतोस्मि ।।

अर्थात्, भगवान् नारायणबाट सुरुभएको गुरुशिष्य परम्परा ब्रह्मा जी,वशिष्ठहुँदै उनका सन्तती परम्परामा पुगी शक्ति, शक्तिका पुत्र पराशर,पराशरका पुत्र व्यास, व्यासका पुत्र शुकदेवसम्म आईपुग्दा वशिष्ठ सन्ततिभित्र र त्यसपश्चात शुकदेवका शिष्य गौडपाद, गौडपादका शिष्य गोविन्दपाद र गोविन्दपादका शिष्य आदि गुरु शंकराचार्यसम्म यसरी गुरुशिष्य परम्परा आएको भेटिन्छ। त्यसपश्चात पृथ्वीमा बौद्धदर्शन र धर्मको प्रचारप्रसार चरमोत्कर्षमा पुगेको थियो। त्यसबखतमा वैदिक सनातन धर्मनै सकिने भयो भनेर स्वयं भगवान् शिव शंकराचार्यका रुपमा अवतरीत् भएको कुरा शिव पुराणमा भेट्टिन्छ। शंकराचार्यले धर्मस्थापना र धर्मप्रचारप्रसारका निमित्त चारदिशामा चारवेदको प्रतिकका रुपमा स्थापना गरि आफ्ना शिष्यहरु क्रमशः लाई नियुक्त गरि शंकराचार्य परम्पराको सुरुवात गरेको पाईन्छ ।

१ गोवर्द्धन मठ,पुरी ,उडिशा
वेदः ऋग्वेद
दिशाः पूर्व
प्रथम शंकराचार्यः हस्तामलकाचार्य
वर्तमान शंकराचार्य स्निश्चलानन्द सरस्वती
वाक्यः प्रज्ञानं ब्रह्म
२ शारदा मठ
दिशाः पश्चिम
वेदः सामवेद
प्रथम शंकराचार्यः पद्मपादाचार्य
वर्तमान शंकराचार्यः स्वरुपानन्द सरस्वती
वाक्यः तत्वमसि
३ ज्योतिर्मठ
दिशाः उत्तर
वेदः अथर्व वेद
प्रथम शंकराचार्यः तोटकाचार्य
वर्तमान शंकराचार्यः वाशुदेवानन्द सरस्वती
वाक्यः अयमात्मा ब्रह्मा
४ शृङ्गेरी मठ
दिशाः दक्षिण
वेदः यजुर्वेद
प्रथम शंकराचार्यः सुरेश्वराचार्य
वर्तमान शंकराचार्यः भारती तिर्थ
वाक्यः अहं ब्रह्मास्मि

शंकराचार्य परम्परा भनेकै शिव परम्परा हो । आद्य गुरु शंकराचार्यले आफ्नो परम्परालाई चिरञ्जीवि बनाउनका निमित्त मठले पालना गर्नुपर्ने सिद्धान्तका रुपमा मठाम्नाय ग्रन्थको रचना गर्नु भएको छ। मठाम्नायको सिद्धान्त पालना गर्ने व्यक्ति मात्र शंकराचार्य बन्न सक्छ।

शंकराचार्य बन्न के के हुनुपर्छ ?
जो नैष्ठिक ब्रह्मचार्यमा बसेको हुन्छ, जसले शंकराचार्य परम्पराकै गरुसग सन्यास दीक्षा ग्रहण गरेको हुनुपर्छ।जसले प्रस्थानत्रयी (श्रीमद्भागवत गिता, उपनीषद्, ब्रह्मसूत्र) मजैले अध्ययन गरेको हुनुपर्छ । प्रस्थानत्रयी अध्ययन गरेर अरुलाईपनि पारङ्गत गराउन सक्नुपर्छ । गुरुकुलमा वसेर प्रस्थानत्रयी २५ वर्षको उमेरसम्म दैनिकी भाष्य (शंकराचार्यद्वाराविलिखित) अविछिन्न अध्ययन गरेको हुनुपर्छ। अखण्ड ब्रह्मचर्यको धर्म निर्वाह गरेको हुनुपर्छ। दण्ड ग्रहण गरेर दण्डि स्वामी हुनुपर्छ । खण्डनखण्डखाद्य, सितसुखीविवरण प्रमेय संग्रह जस्ता ग्रन्थमा पनि निपुण रहेको हुनुपर्छ।

शंकराचार्य हेमानन्द गिरी
१ उनले गुरुकुलमा बसेर २५ बर्षको उमेरसम्म प्रस्थानत्रयी अविछिन्न रुपमा अध्ययन गरेकी छैनन् । जुन समयको सिमा छ त्यस समयमा उहाँ राजनितीमा थिइन।
२ आफै प्रस्थानत्रयीमा पारङ्गत छैनन भने उनले अरुलाई कसरी पारङ्गत बनाउन सक्छिन ?
३ अखण्ड ब्रह्मचर्यको कुरामा उनी विवाहित समेत भएको चर्चा छ।
४ उनले जुन परम्पराबाट सन्यास लिएकी हुुन् त्यो परम्परामा ईक्षित दण्ड ग्रहण गरेर त्याग गरेको पाईन्छ। दण्डनै ग्रहण नगरीकन उनी कसरी शंकराचार्य बनिन?

गिरीलाई सुरुमा उत्तराखण्डको ज्योतर्मठको शंकराचार्यको प्रतिस्पर्धीका रुपमा प्रचारप्रसार गरेर अन्त्यमा पशुपति मठको शंकराचार्यको नामबाट शंकराचार्य बनाइएको घोषणा गरिएको थियो । त्यसयता गिरी प्रचार प्रसार र सम्मान ग्रहण गर्दै हिडेकी छिन् । तर सनातन हिन्दु परम्परामा निर्णायक मत राख्दै आएको काशी विद्वत परिषदले उनको बारेमा सबै कुरा प्रष्ट पारेपछि अब भने उनको बारेमा शंकराचार्यको भ्रम आम नेपालीहरुको पनि टुट्ने देखिएको छ । उनले पनि आफू शंकराचार्य भएको भ्रम अब नगर्दा नै राम्रो होला हाम्राकुराले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *