लस एन्जलस – कार्यक्रमहरुका बिचमा हुने कार्यक्रम छाडेर लस एन्जलसमा फेरी एकपटक समुदायिक संघ-संस्था, तिनका प्रमुख र प्रतिनिधी एवम पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 
महावाणिज्यदुत ॠषी ढकालको पहलमा सम्पन्न कार्यक्रममा लस एन्जलस भरीका संघ-संस्थाका प्रमुख र तिनका प्रतिनिधिहरुको उपस्थिती थियो । प्रवास, समुदायमा एउटै उदेश्य लिएर स्थापित संस्थारु, समुदायमा सेवा दिलाउने तिनका समान उदेश्य र तत्काल संस्था एवम सामाजिक अभियान्ताहरुको पहलमा गर्न सकिने कार्यहरुको बारेमा छलफल गर्न महावाणिज्यदुत ढकालले आयोजना गर्नुभएको कार्यक्रममा लस एन्जलस क्षेत्रमा सकृया प्राय सम्पूर्ण संस्था र प्रतिनिधिहरुको उपस्थिती थियो । 
कार्यक्रममा महावाणिज्यदुत ढकालले धेरै अघिदेखी चाहना हुंदाहुंदै पनि आज समुदायसंग जुट्ने अवसर मिलेको बताउंदै प्रवासको समाजमा आईपर्ने समस्याहरुलाई समाधान गर्न आ-आफ्नो क्षेत्रमा दक्ष सदस्यहरुले समयानुकुल जानकारी र चेतनमुलक कारयक्रमहरु आयोजना गर्दा समाज लाभान्वित हुने बताउनुभयो । 

पर्यटनदुत रामेश्वर भन्डारीले नेपालको पर्यटन बिकासका लागि प्रवासी समाजको बिशाल भूमिका हुने, श्रीपशुपतिनाथ फाउन्डेशन मिडिया र समाजको लागि सदैव हातेमालो गर्न तयार रहेको जानकारी गराउनुभयो । श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले समुदायकै सहयोगले प्रवासी नेपाली समुदायमा फाउन्डेशन ऐतिहासिक भएको बताउंदै यस्ता अन्तरकृयाहरुले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।
नेपाल अमेरिका पत्रकार संघका नव-निर्वाचित सभापति सुदिप पन्तले अमेरिकी नेपाली समाजमा लस एन्जलस आफ्न उपस्थिती र आवाजका लागि निरन्तर सफल हुंदै गएको जनाउंदै नेजाको उदेश्य नै समाजको आवाज मुखरित गर्नु रहेको जनाउनुभयो ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य बलराम थापा, एनआरएन ब्यापार प्रवर्धन समितिका उप-संयोजक नारायण ‘भिम’ ढकाल, एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, एनआरएन अमेरिका महिला संयोजक ईन्दिरा त्रिपाठी, अनेसास केन्द्रिय कोशाध्यक्ष शान्तिराम ढकाल, नेपाल अमेरिका पत्रकार संघका सभापति सुदिप पन्त, क्षेत्रिय संयोजक गोकुल ढकाल, सदस्य अग्नी चौलागाईं, पत्रकारहरु डोल्मा लामा र उपेन्द्र सापकोटा, पशुपतिनाथ फाउण्डेशनका सल्लाहकार ईन्जिनियर कन्हैया कायस्थ, फाउण्डेशनकी उपाध्यक्ष तारा गुरुङ्ग ‘ब्ल्याक’, सदस्य रामचन्द्र लामिछाने,
सदस्य तथा मन्दिर पूजा समितिका संयोजक दिपक पाठक, नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, उपाध्यक्ष नविन पोखरेल, अनेसास लस एन्जलसका सभापति डनबहादुर कार्की, उपाध्यक्ष प्रकाशचन्द्र घिमिरे, ब्लड डोनर्स एशोशियसन – लस एन्जलसका सभापति एकदेव शर्मा, एएनएसका उपाध्यक्ष कर्ण चन्द, हिमालयन लायन्स क्लब, लस एन्जलसका अध्यक्ष सुर्य प्रसाईं, नर्स एशोसियशन – लस एन्जलसकी अध्यक्ष टिका आङ्दाम्बे, एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका युवा संयोजक सिद्दार्थ सिलवाल र सामाजिक कार्यकर्ता शारदा श्रेष्ठले समुदाय, सेवा, कर्तब्य र योजना लगयातका बिषयहरुमा आ-आफ्ना विचार राख्नुभएको थियो ।
नेजाका सभापति पन्त सम्मानित :
अमेरिकामा सकृय राष्ट्रिय स्तरका नेपाली संघ-संस्थाहरुमा आफ्नो दरिलो उपस्थिती जनाउंदै आएको लस एन्जलसले यसपटक भर्खरै सम्पन्न नेपाल अमेरिका पत्रकार संघको छैटौं अधिवेशनमा आफ्नै क्षेत्रबाट नव-निर्वाचित सभापति सुदिप पन्तलाई सम्मान गरेको छ । महावाणिज्यदुत ॠषी ढकाल र अग्रज समाजसेवी ईन्जिनियर कन्हैया कायस्थले संयुक्त रुपमा नेजाका सभापती सुदिप पन्त, पश्चिम क्षेत्रिय संयोजक गोकुल ढकाल र सदस्य अग्नी चौलागाईंलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
संस्थाहरुको तर्फबाट एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले सभापति पन्त, संयोजक ढकाल र सदस्य चौलागाईंलाई खादा लगाएर सम्मन गर्नुभएको थियो ।



























