२०८१ वैशाख १४ गते | 26th of April 2024

सन्धि सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई अनेरास्ववियुको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ६ गते १३:५७

 

काठमाडौ ६ भदौं । असमान सन्धिको कारण तराइमा डुवान भएको विभिन्न वक्ताहरुले निष्कर्ष निकालेका छन । अनेरास्वबियु केन्द्रीय कमिटीद्वारा राजधानीको प्रज्ञाप्रतिष्ठानमा ूसीमा समस्या,तराई डुबानको कारण र दिर्घकालिन समस्याको उपायूबिषयक बिचार गोष्ठीमा सहभागीले तराइ डुवान हुनुमा असमान सन्धिको को कारण भएको बताएका छन ।

प्रमुख अतिथि बामदेब गौतमले प्रधानमन्त्री हुने बित्तिकै ओहोदाको प्रमाणपत्र बुझाउन गएजस्तो गरि भारत भ्रमण गर्ने प्रबृतिनै गलत भएको बताएका छन । साथै प्रधानमन्त्रीलाई सुझाव दिने क्रममा यो भारत भ्रमणका बेला नेपालीको स्वीकृति बिना बनाईएका सबै बाधहरु भत्काउने निर्णय गरेर आउनोस भन्ने सुझाव समेत दिएका छन ।
त्यसैगरी कार्यक्रममा बिकाश समितिका सभापति रबिन्द्र अधिकारीले अनेरास्ववियु राष्ट्रियताको पहरेदार भएको र बिगतमा कालापानी,सुस्ता र लक्ष्मणपुर बाधको बिरुद्धमा अनेरास्ववियुले सञ्चालन गरेको आन्दोलनको स्मरण गराउदै आज पनि अनेरास्ववियुले दबाब र जागरणको भुमिका जारी राख्नुपर्ने बएका छन । अर्का वक्ता सिमाबिज्ञ द्वय बुद्विनारायण श्रेष्ठ र हिरण्यलाल श्रेष्ठले असमान सन्धिको कारण यो समस्या आएको र असमान सन्धि खारेजीनै समस्या समाधानको उपाय भएको बताएका छन ।

अध्यक्ष नबिना लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त विचार गोष्ठि कार्यक्रममा अनेरास्ववियुले प्रधानमन्त्रीको आशन्न भारत भ्रमणको पुर्बसन्ध्यामा राष्ट्र हितबिपरीत कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्न सुझाब र चेतावनी दिने उदेश्यले गरेको हो।साथै प्रधानमन्त्रीको भारत भ्रमणले बिगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्नेतर्फ अनेरास्ववियु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रवक्ता सुदीप शर्माले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *