२०८२ पुष २७ गते | 11th of January 2026

विमल घर्तीमगरको कप्तानमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २५ गते १६:५१

 

काठमाडौं, २५ असार । आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले पर्सि मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ । टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन् ।
नेपाली टिम
एलन न्यौपाने, अशोक बराल, किशोर गिरी, अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी, हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, द्रोण थापा, बिवेक बस्नेत, बिमल घर्ती मगर, अञ्जन विष्ट, सञ्जोग गिरी, विश्वास श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *