२०८२ असोज २६ गते | 12th of October 2025

एमालेको दुवै हातमा लड्डु,सरकार टिकाउन प्रधानमन्त्रीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक छैन :सञ्चार मन्त्री गुरुङ

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ८ गते १३:३४

काठमाडौ-  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) ले कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका छन्।आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताएका हुन्।

सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरि पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उनको भनाई छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *