२०८२ असोज ३ गते | 19th of September 2025

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय माओवादी केन्द्रकाे निर्णय

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन २० गते १५:२८

काठमाडौँ- माओवादी केन्द्रले पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरु गर्ने भएको छ। अभियान ताप्लेजुङमा अन्त्य गर्ने निर्णय भएको सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। यस्तै दसैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान निर्णय भएको छ। बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सापकोटाले नेकपा एकीकृत समाजवादीसँग पनि एकताका बारेमा छलफल भइरहेको जानकारी दिए।
सापकोटाका अनुसार बैठकले गुटउपगुट र स्वार्थ समूह विघटनका साथै अनुशासन बाहिरका गतिविधि गर्ने नेता तथा कार्यकतालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।पार्टीभित्रको गुट उपगुटका बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ। स्थायी कमिटीले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय छ। बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले आफूले उठाएका विषयलाई पार्टीभित्र विस्तृत रुपमा छलफल गर्न सहमत भएको र बैठकको निर्णयमा हस्ताक्षर गर्न समेत सहमत भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *