२०८२ असोज २५ गते | 11th of October 2025

विदेशमा रहेका नेपालीलाई मतदान व्यवस्था माग

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते १३:०१

काठमाडौँ, ५ साउन । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गर्नुपर्नेमा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘आप्रवासी कामदारको मतदान अधिकार’ विषयको छलफल कार्यक्रमका सहभागीले अहिलेको निर्वाचनमा विदेशमा रहेका नेपाली मतदान गर्नबाट छुटे पनि अब पाँच वर्षपछि हुने निर्वाचनमा सहभागी हुने गरी काम अघि बढाउनुपर्ने सुझाव दिए । विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको जानकारी दिँदै उनीहरुले नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले करिब ४० लाख नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक गएको तथ्याङ्क प्रस्तुत गर्दै सार्थक निर्वाचनका लागि उनीहरुको सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

पहिलो चरणमा नेपालीको सङ्ख्या अधिक रहेका केही देशबाट शुरु गरेर क्रमशः अन्य देशमा मतदानको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेकालाई निर्वाचनमा सहभागी गराउन सबैतर्फबाट दबाब सिर्जना गर्न आवश्यक छ, यसले संसद् र राज्यको ध्यानाकृष्ट भई मुद्दाको सुनुवाइ हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *