२०८२ फागुन ९ गते | 21st of February 2026

ओलीको बोली मिडिया खपत मात्र : एमाले ( एकीकृत समाजवादी )

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २३ गते १५:२९

काठमाडौं  – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सत्ता गुमेपछिको आक्रोश भएको टिप्पणी गरेको छ।   बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी)का सांसद बिरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद्‌मा उपस्थित भए संसद् चल्न नदिने भन्नु मिडिया खपतको लागि मात्रै भएको टिप्पणी गरे। सांसद खतिवडाले संसद्‌मा उपस्थित हुँदा आफूहरुले संयमित भएर प्रतिवाद गर्ने तर, संयमतालाई पनि उल्लंघन गर्न खोजे जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *