२०८१ वैशाख १६ गते | 28th of April 2024

भरतपुरमा मतपत्र च्यातिएको विषयमा अदालतमा आज सुनुवाइ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते ५:३४

काठमाडौं १२ साउन । भरतपुरको मतपत्र च्यातिएको बिषयमा सर्वोच्च अदालतले आज सुुनुवाइ गर्दैछ । गएको मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएकोमा बिहीबार सुनुवाइ हुन लागेको हो।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकोमा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो। भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वोच्चमा पुगेको हो।

महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । वडा नं। २० को मतगणना बाँकी रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने एमालेले मतगणना जारी राख्नुपर्ने बताएको छ। निर्वाचन आयोगले १९ नम्बरमा पुनः मतदान गर्न आदेश दिएपछि एमाले सर्वोच्च अदालत गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *