२०८२ चैत ५ गते | 19th of March 2026

मतगणना स्थलमा नै कांग्रेस कार्यकर्ताले एमालेका नेताको टाउको फुटाए

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३ गते १४:५४

 

रौतहट ३ असोज । रौतहटको वृन्दावन नगरपालिकाको मतगणना भइरहँदा काँग्रेस–एमालेबीच झडप भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका छन्।

घटना विवरणअनुसार मतगणना भइरहेको अवस्थामा आफ्नो पार्टीका उम्मेदवार भेट गर्न एमाले सांसद रामकुमार भट्टराई पुगेका थिए। काँग्रेस कार्यकर्ताले मतगणनास्थलमा जान नपाउने भन्दै अवरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं। ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *