२०८१ वैशाख १८ गते | 30th of April 2024

विश्वकप छनौट खेलमा पानामालाई हराउदै अमेरिका विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते २:३४

एजेन्सी २१ असोज । विश्वकप छनौट खेलमा शनिबार बिहान भएको खेलमा पानामालाई हराउने अमेरिका विजयी भएको । अमेरिकाले पानामामाथि ४–० को जित निकाल्दै विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।

अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन पुलिसिक र बबी वुडले एक एक गोल गरे । आठौँ मिनेटमा पुलिसिकले गोल गर्दै अमेरिकालाई सुुरुवाति अग्रता दिलाए ।
अमेरिकाको ओरलाण्डोमा भएको खेलमा १९ औँ मिनेटमा एल्टिडोरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा एल्टिडोरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ६३ औँ मिनेटमा वुडले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो । जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ । अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *