२०८१ वैशाख १५ गते | 27th of April 2024

संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी काम :सभामुख घर्ती

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २८ गते १५:२८

काठमाडौं, २८ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको बता्इन ।
संसद्को शनिबारको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले संसद्को कार्यकालभरीमा ६६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराए ।
सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा उनले खुशी व्यक्त गरिन ।
कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उनले ‘सरकारसँग प्रश्नोत्तर’ कार्यक्रम, संसद्को आफ्नो भवन बनाउने, सांसद्का लागि आवास बनाउनेलगायतका कार्य गर्न भने बाँकी रहेको र त्यसले आगामी दिनमा पूर्णता पाउने अपेक्षा गरिन ।
कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सभामुख घर्तीले संसद्को अन्तिम बैठक स्थगित भएको घोषणा गरे । नयाँ संविधान अनुसार संसदको नयाँ निर्वाचनका लागि भोलि मनोनयन सुरु हुने भएकाले व्यवस्थापिका संसदको कार्यावधि शनिबार राति १२ः०० बजे अन्त्य हुँदैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *