२०८३ जेठ २१ गते | 4th of June 2026

काँग्रेसको केन्द्रीय प्रचार समिति विस्तार, को को छन सदस्यमा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते १५:४७

काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।

सो समितिको आजको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे । यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत छन ।

सो समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन् । यस्तै काँग्रेसको प्रचार समितिमा उद्योगी विनोद चौधरीसमेत सदस्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *