लस एन्जलस – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन नसकेको भन्दै लस एन्जलसका महिला अगुवाहरुले लस एन्जलसमा दवाब कार्यक्रम सम्पन्न गरेका छन । एन डब्लू जी एन, लस एन्जलस च्याप्टरले पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै प्रवासबाट नारी आवाज उठाउन दवाब कार्यक्रम गरिएको च्याप्टरकी अध्यक्ष अमृता गैरेले जनाएकी छन ।
मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारको ध्यान खिच्न स्थानिय आर्टेसिया पार्कमा आज बिहान सम्पन्न दवाब कार्यक्रममा लस एन्जलस क्षेत्रमा सकृय महिला अगुवाहरुको सहभागीता रहेको थियो ।
तस्विर : टिका चौधरी