लस एन्जलस – नेपालको बिकट ठाउंमा जन्मेर भविश्य खोज्दै काठमान्डौं हुंदै सपनाको मुलुक अमेरिकासम्म्म आएर कानुनलाई आफ्नो पेशा बनाई समुदायमा भिजेका चर्चित अधिवक्ता बाशु फुलारासंग आगामी आईतवार लस एन्जलसको आर्टेसियामा ‘ईमिग्रेशन फोरम’ संचालन हुंदैछ । खुल्लामन्चको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सामुदायिक भेटलाई स्थानिय सामुदायिक सदस्यहरुसंग रहेका बिशेषत: अध्यागमन कानुन सम्बन्धी समस्याहरुलाई सामाधानका उपाय बताउन युवा अधिवक्ता फुलारासंगको सामुदायिक भेटघाट तथा ‘कानुनी अन्तर्कृया’को आयोजना गरिएको छ ।
लस एन्जलस र यस क्षेत्र वरपर बस्नुहुने सामुदायिक सदस्यहरुलाई ‘अधिवक्ता फुलाराको लस एन्जलस भेट’लाई सदुपयोग गरी आफुमा रहेका कानुनी समस्याको उपचारको फाईदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं । नि:शुल्क प्रवेश र रात्रीभोजको ब्यबस्था गरिएको खुल्लामन्च डट कमको आठौं वार्षिकोत्सवमा सहभागी बनी मुखमा रहेको नयाँ बर्ष-२०१९ को शुभकामना आदान-प्रदान गराई लस एन्जलसको एउटा अर्को सामुदायिक एकताको भेटघाटमा सहभागी बन्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
खनालको एकल सांगितिक सांझ
नेपाली लोक संगितलाई माया नगर्ने को छ र ? सुख-दुखको साथी संगीतलाई पनि प्राथमिकतामा राख्दै आठौं उत्सवलाई मनोरन्जन प्रदान गराउन नेपाली लोक संगीतका हस्ती गायक रामप्रसाद खनाल भर्जिनियाबाट लस एन्जलस आउंदै हुनुहुन्छ । ‘हेर हेर सगरमाथा’ बोलको नयाँं स्वदेश गानले चर्चित गायक खनालले उक्त सांझमा एकल सांगितिक प्रस्तुती प्रदान गराउनेछन ।
स्थानिय कलाकारहरुको प्रस्तुती पनि रहने तथा महावाणिज्यदुत ॠषि ढकालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा लस एन्जलसका सम्पूर्ण संघ-संस्था, तिनका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकारहरु र सामाजिक अभियान्ताहरुको जमघट हुने नयाँ बर्ष २०१९ को शुभकामना कार्यक्रममा उपस्थितिका लागि सबैमा यसै सुचना मार्फत बिनम्र अनुरोध गर्दछौं ।
यहाँंहरुको गरिमामय उपस्थितिको भरोशामा !
कार्यक्रम :
मिती : 30 December 2018, Sunday
स्थान : Tara Himalayan Cuisine, Artesia
ठेगाना : 17221 Pioneer Blvd.
Artesia, CA 90701
समय : 7:00 PM Sharp