२०८१ साउन १२ गते | 27th of July 2024

चीनले जे पनि गर्छ, भवनकै बीचबाट कुदाइयो रेल

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १७ गते २०:०४

सामान्यतया रेल्वे लाइनको किनारामा घर हुनुहुँदन भन्ने मान्यता राखिन्छ । तर, यहाँ यस्तो रेल्वे लाइनको कुरा हुँदैछ, जुन अपार्टमेन्टहरुलाई बीचैबाट छेडेर गएको छ ।

यस्तो काम आखिर चीनले बाहेक अरु कसले गर्न सक्छ । चीनको चोङकिङ इलाकामा रहेको विशाल भवनको बीचबाट रेल कुदिरहेको देख्न सकिन्छ ।

सुरुमा यहाँ रहेका भवनहरु भत्काएर रेल्वे लाइन निकाल्न आदेश दिँइदा इन्जीनियरहरुका सामु ठूलो चुनौति खडा भएको थियो । मानव बसोबासको क्षेत्र उजाडेर रेल कुदाउन उनीहरुले चाहेका थिएनन् । त्यसपछि उनीहरुले उपाय निकाले, भवनलाई नभत्काइकन रेल्वे लाइन निकाल्ने । अत्यन्तै चलाखीपूर्वक उनीहरुले भवनलाई छेडेर रेल कुदाउन सफल भए ।

खासमा यो शहर यहाँको पहाडी इलाकामा अवस्थित छ । अवडखावड स्थान भएकाले यहाँ अर्को ठाउँबाट रेल लाइन निकाल्न सम्भव भइरहेको थिएन । यस्तैमा सर्प पनि मर्ने र लाठी पनि नभाँचिने उपाय निकाल्न इन्जिनीयरहरु सफल भए ।

चोङकिङ चीनको अत्यधिक आवादी भएको शहरमा पर्छ । यहाँको जनसंख्या तीन करोड ३० लाख रहेको छ । रेल लाइन निर्माणपछि यो ठाउँमा अपार्टमेन्टको भाउ ह्वात्तै बढेको छ । सुरुमा भवनबीचबाट रेल कुदाउने कुरा आउँदा स्थानीयवासीले विरोध गरेका थिए । तर, अहिले सबै खुशी छन् ।

सिटी ट्रान्सपोर्टका प्रवक्ता इयान चोङ भन्छन्, ‘यो काम थाल्नु हाम्रो लागि जुवा खेल्नु बराबर थियो । तर, हामीले चुनौति स्वीकार गर्‍यौं र यसको प्रतिफल अहिले प्राप्त भएको छ ।’ अनलाइन खबरले छापेको छ ।

One thought on “चीनले जे पनि गर्छ, भवनकै बीचबाट कुदाइयो रेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *