वाशिंगटन डिसी – टिपीएसको समयाबधी ३ बर्षलाई थप्न सकिने ।
भर्खरै राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्र्म्पले डेमोक्रेटले मेक्सिको र अमेरिका छुट्याउने ठाउमा बार लाउन फण्ड निस्कासित गरे टी पी एस र डाका अन्तरगत रहेकाहरुलाई अझ ३ बर्षकालागि देश छोड्न नपर्ने घोषणा गर्न सक्ने जनाएका छन् ।
नेपाल लगाएत अन्य देशका गरि लगभग ३ लाखको संख्यामा टीपिएस आबेदन अन्तरगत मानिसहरु अमेरिकामा बसोबास गरिरहेका छन् भने डाका अन्तरगत ८ लाख अमेरिकामा छन् । यदि यस्तो भए लगभग १ मिलियन मानिसलाई राहात मिल्ने छ । २०१२ मा ओबामा द्वारा ल्याईएको डाका डिसेम्बरमा ट्रम्प द्वारा खारेज गरिएको थियो ।
२९ दिनदेखि सरकार सटडाउन भएपछि डेमोक्रेटिकहरुको बार्गेनिंग कमगर्ने हेतु यसो गरिएको अडकल गरिएको छ ।