२०८२ पुष २७ गते | 11th of January 2026

‘विदेशिन गैरकानुनी बाटो रोज्दा अलपत्र, अरबौं रुपैयां दलाल मार्फत विदेशमा’ – अधिवक्ता फुलारा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १८ गते २२:०१

काठमाडौँ  – न्यूयोर्कमा कानुनी क्षेत्रमा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौँको सङ्ख्यामा नेपालीहरू गैरकानुनी रूपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् । मिडिया इन्टरनेसनलले राजधानीमा फुलाराको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै पनि सरकारले एनआरएनलाई लगानी गर्नका लागि विश्वासको वातावरण बनाउन नसकेको बताए ।

गैरकानुनी रूपमा अमेरिका तथा युरोपियन मुलुकमा जाँदा अर्बौँ रुपैयाँ नेपाली दलाल मार्फत विदेशीने गरेकाले यस्तो कार्य रोक्न राज्य गम्भीर हुनुपर्ने बताए। ‘ठुलो सङ्ख्यामा नेपालीहरू यसरी गएपनि मुलुकलाई सोचेजति फाइदा भएको छैन’, उनले भने।

अहिलेको बदलिँदो अमेरिकन आप्रवासी नीतिले कानुनी रूपमा अमेरिकामा रहेका नेपालीलाई कुनै पनि प्रभाव नपर्ने समेत कानुनविद् फुलाराले बताए। कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता रबी नारायण कोइराला लगायतले युवालाई देशमै रोक्न रोजगारमुलक कार्यक्रम ल्याउन सुझाए।

अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्कवायरमा ल फर्म स्थापना गरेका फुलारा अमेरिकाका विभिन्न राज्यमा गई वकालत गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *