लस एन्जलस – मिस नेपाल क्यालिफोर्निया रोज लामाले अर्को महिनाको मे ९ तारिख काठमान्डौंमा हुन गईरहेको मिस नेपाल २०१९ मा प्रतिस्पर्धा गर्दैछिन् । समस्त क्यालिफोर्निया र अमेरिकाको नेतृत्व गर्दै, २५ जना प्रतिस्पर्धी बीच २०१९ को मिस नेपाल सौन्दर्य प्रतियोगितामा भाग लिन दुई महिना अघि नेपाल गएकी छन, रोज लामा । धेरै प्रतिस्पर्धीहरुबाट अडिसनमा छानिएर, अहिले प्रतियोगी नम्बर १२ भएर अब २ हप्तामा काठमाडौँ हुन लागेको प्रतियोगिताको तयारीमा जुटेकी छिन्, उनी ।
एफ वन ग्रुप अर्थात् नेपलीज अमेरिकन कन्भेन्सन आयोजना गर्ने संस्थाले, हरेक दुई-दुई वर्षमा अमेरिकामा मिस नेपाल आयोजना गर्दै आएको छ । २०१७ मा सान फ्रान्सिस्कोमा भएको दोस्रो मिस नेपाल क्यालिफोर्नियामा विजयी रोज लामा, सानफ्रान्सिस्को निवासी समाजसेवी प्रकाश लामाकी कान्छी सुपुत्री हुन । 
स्मरणीय छ, पहिलो संस्करणको मिस नेपाल क्यालिफोर्निया २०१५ मा लस एन्जलसमा सम्पन्न भएको थियो । पहिलो मिस नेपाल केलिफोर्नियाको उपाधि लस एन्जलस निवासी अनुषा कार्कीले जितेको थिईन । विजेता कार्की, एफ वन ग्रुपद्वारा भुकम्पमा गोरखामा भत्किएको स्कूल नयाँ बनाउने प्रोजेक्टमा ब्रान्ड एम्बेसेडर थिईन । उक्त नव-निर्मित भवनको उद्घाटन कार्यक्रममा अनुषा कार्कीको समेत सहभागिता सहित गरिएको थियो, गोरखामा ।
क्यालिफोर्नियामा रहेको नेपाली समुदायको १८ देखि २५ वर्ष सम्म उमेरको नारीहरुलाई, आफ्नो प्रतिभा र अनुभव बटुल्न सकोस, नेपाली समुदायसंग जोडिन मद्दत पुगोस भन्ने विचारले आयोजना गरिएको मिस नेपाल क्यालिफोर्नियाको तेस्रो संसकरण २०१९, जुलाई ७ मा लस एन्जलसमा हुदैछ ।
अमेरिकामा कलेज पढिरहेका वर्तमान मिस नेपाल क्यालिफोर्निया रोज लामा हरेक बिधामा पोख्त मानिन्छिन । ५ फीट ६ इन्च उचाईंकी लामा अनुभव, ज्ञान, सौन्दर्य सहित सम्पूर्ण कुराको मिश्रणले मिस नेपाल – २०१९ को संस्करणमा सफलता पाउने छिन् भन्ने कुरामा विश्वास्त रहेको बताउंछन, एफ वान ग्रुप एवम नेपालीज अमेरिकन कन्भेनशनका संयोजक विश्व (बास विश्व) सुवेदी । लामालाई खुल्लामन्छ मिडियाको पनि मंगलमय शुभकामना ।