आइतवार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को सभाकक्षमा बसेको एक संयुक्त बैठकले रिजवुड नेपाली समाजका सभापति रविकिरण कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मणि वाङदेल राई ( नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), भोजराज थोकर – नेपाली जनसम्पर्क समिति अमेरिका, कृष्णप्रसाद लामिछाने – प्रवासी नेपाली मंच, शान्त थोकर – तामाङ सोसाइटी अफ अमेरिका, आङनिमा ग्याल्जेन शेर्पा – गैर आवासीय नेपाली संघ अमेरिका, संजय थापा (गैर आवासीय नेपाली संघ अमेरिका, रामहरि अधिकारी, गैर आवासीय नेपाली संघ अमेरिका, न्युयोर्क च्याप्टर, श्री पराजुली, रिजवुड नेपाली समाज, उर्गेन शेर्पा, युनाईटेड शेर्पा एसोसियसन र डिल्ली भट्ट – कानुनविद रहेका छन् ।