२०८१ असोज १७ गते | 3rd of October 2024

डाउनटाउनको गल्लीदेखी टेबलमा माउस चलाऊने सम्मको मेरो यात्रा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ६ गते २२:१३

रमेश श्रेष्ठ
लस एन्जलस ।

सपना बोकेर धकेलिएं म, अमेरिका । चिनजान र आफन्तीको कमिका कारण परदेशिएका शुरुका दिनमा जीवन दु:खदायी भए, सबैका जस्तै । धादिङ्गको गाउंमा लड्दै, सकेको पढ्दै, राजाधानीमा भविश्य खोज्ने समयक्रमले मलाई भाग्यवश र दु:ख पाउन अमेरिका धकेल्यो । अहिले पनि ५० लाख तिरेर अमेरिका आउने सपना देख्नेहरुको बिचमा खुशी लागेपनी मेरो अमेरिका प्रवेशको क्षणमा लाग्थ्यो, किन अमेरिका आएछु !

डरलाग्दो डाउनटाउन :

बसोबासका जेनतेन ब्यबस्थापन पश्चात पेट पाले जागिरको लागि भौंतारिन थालें, म । आफु बसेको स्थानदेखी जागिर खोजाईको क्रममा सम्भावनाका हरेक चोकहरुमा पुंगे । बस यात्रााको झमेला ठाउँं लस एन्जलसको भोगाईमा घन्टौं लगाएर एक दिन कतै त अर्को दिन कतै जागिरका लागि बसमा निदाउंदै हिंडें ।

अश्वेत जातीको बिगबिगी रहेको र सांझ चार बजेनै घरवारबिहिन मान्छेहरुको बिगबिगीले सर्लक्कै ढाक्ने लस एन्जलस डाउनटाउनमा जागिरका लागि डराउदै कयौं चोटि भागदै हिडियो । भाग्यबश दिलदाईको पसलमा मिलेको मेरो पहिलो जागिरसंगै अमेरिकामा पेट पाल्न कमाउने यात्रााको शुरुवात भयो ।

सेवेन एलेवेनको जागिरे :

बसबाट घन्टौं लाग्ने मेरो जागिर हुंदै आफु बसेको क्षेत्रको ७-११ मा कामका लागि छिरें, म । युवा रगत भए होला, केही काम शुरु गरेपनि नयाँं काम गर्न मन लाग्ने जोशले गर्दा होला, ७-११ मा काम गर्दा वाक्क भएर नयाँ बाटो खोज्न थालें । हलका मैले बनाएको नेपाली दाजु-भाईहरुसंगको चिनजानले सेवेन एलेवेनको जागिरए भईयो ।

नसुती नसुती दिनरात भईयाहरुको आदेशमा दिनको १७-१८ घण्टाको खटाई र खटाई अनुसार हात लाग्य शुन्य जस्तो तलबले अवाक भएर अर्को बिकल्प खोज्न थालियो ।

आई टी प्रतिको चाख :

एकदिन अति प्रिय सागर थापा दाईसंग सेवेन एलेवेने कफी परिचय भयो । सागर थापा दाईले आईटी पढ्न र जीवन परिवर्तन गर्न सुझाव दिनुभयो । प्रविधी शिक्षाको महत्व, लगाव र सफलताले जीवनमा ल्याउने परिवर्तनबारे उहांको सल्लाहले मैले कहिले भईयाको काम छाडेर नेपालीले दिने शिक्षाको बाटो समाउं भनी घोचिरह्यो ।

जमानामा खोलिएको हटमेल र तयारी अवस्थामा आउने प्रचलित फेसबुकको प्रयोग बाहेक मलाई कम्प्युटरमा खासै ज्ञान नभएको मलाई जीवन परिवर्तन गर्ने सपनाले झक्झकाउन थाल्यो । धेरै सोचाई पछीको सल्लाहमा सागर दाईले समिर थापा दाईलाई भेट्न र यो बिषयमा लाग्न सल्ल्लाह दिनुभयो ।

समिर दाई र आईटी :

सागर दाईको सल्लाहानुसार समिर दाईसंगको भेटले उर्जा थपिदियो, मेरो जीवनमा । जोशै जोशले होश गुमेको जस्तो, अहिले नै गएर कम्प्युटरको माउस छोउं झै लाग्यो । मोबाईलमा फेसबुक होईन अब माउस चलाऊन मेरा हातहरु सल्बलाउन चिलाए ।

चिनजानको नाताले जोडेको सम्बन्धले देखाएको बाटोमा आईटी क्षेत्र राम्रो छ भन्नु भयो । सागर दाई आँफैं प्रविधीको बिद्धार्थी भएको नाताले समिर दाईले शुरु गर्नुभएको ‘प्राविधिक शिक्षाको कक्षा’मा भर्ना हुने निधो गरें, मैले । समिर थापा दाईसंगको क्लासले अरु नेपाली दाजुभाईहरुसंग चिनायो, सम्बन्ध बढायो ।

अली अली डर लागेको माउसको कक्षामा मैले Field Management पढ्न थालें । कम्प्युटरमा मात्र Youtube, Facebook र Email मात्र जानेको मलाई समिर दाईसंगको भेटले भन्नुभयो, ‘Are you really want to change your carrier within 1 year? If yes, I need you commitment, you have to study hard and follow my instruction and then you will see after 1 year.’

मेहनत गर, मार्गनिर्देशन म गर्छु, दाईको सुझाब थियो । बच्चा गरेर म लागें, आईटी पढ्न, जीवनमा परिवर्तन गर्न । ७११ मा ६० घण्टा प्रती हप्ता काम गर्दै आईतवार म दाजुको कक्षामा धाउन थालें । आईतवारको पांच घण्टाको पढाईले लागेको थकानको प्रवाह नगरी नसुती नसुती म निरन्तर लागिरहें । मलाई मेरा सपना पुरा गर्नु थियो । पढ्दै, उठ्दै केही बेर सुत्दै मैले आँफैलाई प्रय्गात्मक बनाउंदै लगें ।

बदलिएको मेरो जीवन :

अथक मिहेनतले मैले मेरो कक्षा पुरा गरें । माईक्रोसफ्ट सर्टिफिकेटेड भएं । फेसबुक चलाऊने मेरा हातहरु कम्प्युटरका अनेकन बिषयमा चलायमान हुन थाले । शुन्य अवस्थादेखीको सागर दाईको शिक्षाले, उहांको सहयोग, सल्लाह, सुझाव र मेरो मेहनतले माइक्रोसफ्टका सेमिनारहरुमा भाग लिने अवसर जुटायो ।

माइक्रोसफ्टको अत्यन्तै ठुलो पदमा कार्यरत समिर थापा दाईको शिक्षा र सागर दाईको मिलनसंगैको मेरो लगावले अहिले म वोर्ल्ड टेक सिस्टममा अड्मिनको रुपमा काम गर्छु । ईमेल पठाउन नजान्ने मेरा हातहरु प्राविधिक काम गरेर केही डलर गन्ने – बचाउने भएका छन । सप्ताहन्तमा म अमेरिकाका बिभिन्न शहरहरु घुम्छु ।

कम्पनीको ईमेल सिस्टम निर्माण गर्ने क्षेत्रमा काम गर्दछु, र सोच्दछु, प्रविधी जाने थोरै मेहनतले जीवन परिवर्तन गर्न सकिने अवसरको देश अमेरिकामा आएर मैले बुद्दिमत्ता काम गरेछु ।

धन्य साथीभाई, सागर दाई । बिशेषत : समिर थापा दाई अनि माइक्रोसफ्ट ।
धन्य नेपाल, धन्य अमेरिका ।

 

17 thoughts on “डाउनटाउनको गल्लीदेखी टेबलमा माउस चलाऊने सम्मको मेरो यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *