भर्जिनिया – नेपालीहरुको छाता संगठन एनआरएन अमेरिका, नेपाल अमेरिका पत्रकार संघ (नेजा) तथा गैर सरकारी संस्था अधिकारका प्रतिनिधिहरुले टेक्सास सीनेटर टेड क्रूजसंग वासिंगटन डीसि स्थित उनको कार्यालयमा भेट गर्यो ।
पन्ध्र जनाको संख्यामा गएको उक्त टोलिक तर्फबाट कुरा राख्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नेपालको राजनैतिक अबस्था त्यति राम्रो भैनसकेको, भुकम्पबाट थलिएको जनजीबन अझै सामान्य नभैसकेको भन्दै अस्थाई रुपमा टीपीएस सुबिधा लिएर कानुनी रुपमा बस्दै आएका नेपालीहरुको टिपीएस नबिकरणको पहल गरिदिन आग्रह गरे । अत्यन्तै नम्र तथा शालिन रुपमा प्रस्तुत भएका पौडेलले टेक्सासमा झन्डै ४० हजार नेपाली रहेको भन्दै सीनेटर क्रुजलाई नेपाली अमेरिकनहरुको सहयोग रहने कुरामा पनि ढुक्क रहन आग्रह गरे ।

ट्रेड क्रुजसंगको आजको भेटमा एनआरएन अध्यक्ष डा. केशब पौडेल, नेजाका अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुणराज लुइंटेल, एनआरएन अमेरिका का मिडिया संयोजक बाल जोशी, पत्रकार निदेश अधिकारी, एनआरएनका अमेरिकाका सदस्य आङ्ग मिङ्ग्मा गेल्जे शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, न्यूयोर्ककै उपाध्यक्ष बिष्णु राना मगर, एनआरएन भर्जिनिया च्याप्टर अध्यक्ष गोविन्द सुवेदी लगायतका प्रतिनिधीहरुको उपस्थिती थियो ।
भेटमा सिनेटर क्रुजले नेपालीहरुले पाउनुपर्ने यो सुविधाको लागि आफ्नो प्रयास निरन्तर रहने र यो मुद्दामा आफु सदैव सकरात्मक रहेको बताए । स्मरण रहोस् सन २०१५ को जुन २४ बाट सुरु भएको टीपिएसको म्याद यसै बर्षको जुन २४ मा सकिदैंछ । यदि यस्तो भएमा यो सुबिधा लिईरहेका नेपालीहरुले अमेरिका छोड्नु पर्नेछ ।