विराटनगर, २४ असार । मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।
काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गरेका छन ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गरेकी थिइन ।
उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो ।