२०८१ माघ २ गते | 15th of January 2025

कार्यभार सम्हालेको दुइ महिना नपुग्दै नगर प्रमुख अख्तियारको फन्दामा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते ५:५४

 

स्याङ्जा २४ असार । स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित भएका जननिर्वाचित नगरपालिका प्रमुखलाई उजुरी परेको छ । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका प्रमुख र नगरपालिका कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको हो ।

नगरप्रमुख विरुद्ध गाडी भाडामा लिएर दुरुपयोग गरेको, प्रक्रिया विपरीत दुई जना इन्जिनियर नियुक्त गरेको र नगरपालिकाको करबाट कार्यालय सजावट गरिएको विषयमा उजुरी परेको हो। कार्यभार सम्हालेको दुई महिना नपुग्दै नगर प्रमुख सीमा क्षेत्रीविरुद्ध अख्तियारमा उजुरी परेको हो।

यस विषयमा अनुसन्धान अधिकृत खटाएर गोप्य अनुसन्धान भइरहेको अख्तियार श्रोतले जनाएको छ । नगरपालिका प्रमुख सीमा क्षेत्रीले आफूले अख्तियारमा उजुरी परेको भन्ने खबर थाहा नपाएको बताइन्। आफू नगर प्रमुख नहुँदै नगरपालिकाले गाडी भाडामा लिएको उनको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *