काठमाडौं २८ असार । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड प्रस्थान गर्दैछन । पत्नी सीता दाहालको नियमित स्वास्थ्य चेकजाँचका लागि उनी बुधबार थाइल्याण्ड जाँदैछन्। अध्यक्ष दाहाल पत्नी सीता र छोरा प्रकाशसहित दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए। सीता उच्च रक्तचापलगायतका समस्याबाट पीडित छिन्।