काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच प्रतिनिधिसभा बिघटन र यस्को पुर्नस्थापना पछि पहिलो पटक भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संग छलफल गर्न सभामुख प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बिहान ११ बजे पुग्नु भएको थियो ।
संसद अधिबेशन जारी गरेको तर प्रभाबकारी नभएको भन्दै गुनासो आईरहेको समयमा उहाँहरु बीच छलफल भएको हो ।बिहान भएको भेटमा संसद संञ्चालन , बैठकलाई प्रभाबकारी बनाउने तथा संसदमा रहेका बिधेयकहरुको बारेमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।संसद पुन :स्थापना भए पछि उहाँहरु बीच पहिलो पटक औपचारिक रुपमा छलफल भएको हो ।