काठमाडौ ३१ असार । अनेरास्ववियु केन्द्रीय सम्पर्क बिभागले गरेको सम्पर्क बिशेष भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहेका अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामाले दुई नम्बर प्रदेशको तेस्रो चरणको स्थानिय निर्वाचनको लागि तयारी अबस्थामा रहन युवा बिद्यार्थीलाई निर्देशन दिदै पहिलो र दोस्रो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएपनी सोचेजस्तो सन्तोषप्रद परिणाम नभएको जिकिर गरे ।
मुलुक नै एमालमय भएको बेलापनी परिणाम भनेजस्तो नआएको भन्दै गुटबन्दीकै कारण झन्डै ४० सिट नेकपा एमालेले गुमाउनु परेको यो तितो यथार्थलाई बुझ्दै ,कलकलाउदो बिरुवा रोपेको केही समय बित्ता नबित्दै झार उमृछ यो पाकृतिक कुरा हो,झारलाइ ब्यबस्थापन गरेर कुहाउन जानियो भने त्यही बिरुवाको लागि आबस्यक मल बन्दछ।तर नेतृत्वले त्यसो गर्न नसकेको वा नकुहिने प्रकारको झार उमृएको हो भन्ने आस्चर्यमा परेको भन्दै गुटबन्दीमा नलाग्न आग्रह गरे ।![](http://www.khullaManch.com/wp-content/uploads/2017/07/20117499_1611468978863906_1151077585_n-300x225.jpg)
देश बचाउनको लागि नेकपा एमालेले जित्नु अति आबस्यक भएकोले यो झिनामसिना ब्यक्तिगत कुरामा नलाग्न समेत सुझाब दिन लामाले भिआए।विभिन्न जिल्लाबाट काठमाडौ आएर अध्यन गर्ने बिद्यार्थीहरुलाई सङठित गर्ने सम्पर्क बिभागको प्रमुख चन्द्र थिङको अध्यक्षता भएको भेलामा अनेरास्ववियुका सचिब सुदेश परजुलीले गुटबन्दी सस्थागत हुँदै गएको भन्दै आपत्ति जनाए।