२०८१ वैशाख १८ गते | 30th of April 2024

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ११ गते १५:००

काठमाडौं – नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि  हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।  नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुनुपूर्व ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राटले सर्वाधिक २६ रन बनाए । म्याक्स ओ’डोडले २०, पिटर सेलरले १३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई/दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । कुशल मल्ल ५० रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन जोडेर आउट भए । आसिफ शेख १६ रन बनाएर पेवेलियन फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *