काठमाडौं – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयमै प्रतिवद्ध रहेको बताएका छन्। प्रदेश सभा बैठकमा अनुपस्थित भएर अस्पतालको बेडमा भेटिएका सांसद शाहीले विज्ञप्ति जारी गरी आफ्नो पार्टी र संसदीय दलको निर्णमयमै प्रतिवद्ध रहेको धारणा सार्वजनिक गरेका हुन्।
‘वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो,’ विज्ञप्तिमा भनेका छन्, ‘तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई आफ्नो भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पतालका लैजाने क्रममा म बेहोस भएछु।’शाहीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण निर्णयहरु प्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्ध छु।’