२०८२ असोज २६ गते | 12th of October 2025

प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउनबाट रोक्ने नेपाली कांग्रेसको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २१ गते १४:२३

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको  बैठक पछि सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’ प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भइसकेको छ। कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ। केन्द्रदेखि लुम्बिनीलगायत प्रदेशमा असंवैधानिक क्रियाकलाप प्रधानमन्त्रीमार्फत् भइरहेको भन्दै कांग्रेस बैठकले भर्त्सना पनि गरेको महतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *