२०८३ भदौ १८ गते | 3rd of September 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २१ गते १४:४१

काठमाडौं-  नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *