काठमाडौं २ श्रावण । नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष खिलानाथ दाहालले श्रम आयोग बन्नु पर्ने माग बताएका छन । नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघको १८ औँ स्थापना दिवसको अवसरमा आयोजित श्रमिक कप रनिङ शिल्ड फुटसल प्रतियोगिताको उदघाटनमा बोल्दै दाहालले सबै क्षेत्रको छुट्टै आयोग भएको अवस्थामा श्रमिकहरुको हकहितको लागि श्रम आयोग हुनु पर्ने बताएका हुन ।
कार्यक्रममा दाहालले निर्वाचन आयोगले जिल्ला जिल्लामा गएर मतदाता नामावली दर्ता गर्नु पर्ने प्रावधानलाई हटाएर कार्यस्थलबाटै नामावली बनाउने र कार्यस्थलबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले नामावली दर्ता गर्नकै लागि जिल्लामा पुग्न सबैका लागि अनुकुल नहुने भएका कारण कार्यस्थलबाटै नमावली दर्ता गर्ने वातावरण मिलाउन आयोगको ध्यानाकर्षण गराए ।
त्यसैगरी सामाजिक सुरक्षा विधेयकले मजदुरहरुको हकहितलाई सुरक्षित गर्ने हुदा संसदमा दर्ता भएको सामाजिक सुरक्षा विधेयक पारित गरिनु पर्ने दाहालले बताए । सामाजिक सुरक्षा निधेयक संसदमा विचाराधिन अवस्थामा गुज्रिएको छ ।
नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघले आफनो स्थापनाको १८ बर्ष पुरा गरेको अवसरमा काठमाडौंको गोल्फुटारस्थित चउर फुटसलमा श्रमिक कप रनिङ शिल्ड फुटसल प्रतियोगिताको आयोजना गरेको हो । संघले आयोजना गरेको प्रतियोगितामा हाउस किपिङ, फुड एण्ड वेभ्रेज, प्रोडक्सन, इन्जिनियरिङ, फाइनान्स, फ्रन्ट अफिस, एयरपोर्ट, लण्ड्री र माइनर गरी जम्मा नौ वटा टिम सहभागी छन ।
यो पनि पढन नभुल्नु होला
ट्रेड युनियनसंगै कांग्रेसको संगठन अगाडि बढेको