२०८३ साउन २९ गते | 14th of August 2026

देउवा -नेपाल भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २३ गते १३:४५

काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार साँझ भेटवार्ताका लागि नेता नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन्। सो बैठकमा ओलीलाई असफल बनाउनका लागि रणनीति तय गर्न भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएकाे छ।

यसअघि हिजो मात्रै देउवासँग भेटेर ओलीले विश्वासको मत दिन आग्रह गरेका थिए। सो भेटमै देउवाले विश्वासको मत नदिने प्रतिबद्धता जनाइसकेका छन्। अर्कोतर्फ हिजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। छलफलमा  देउवासँग मिलेर ओलीलाई बहुमत पुग्न नदिनेगरी रणनीति तय गर्ने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *