२०८१ माघ २ गते | 15th of January 2025

सत्ता समीकरणबारे जसपाले भोलिसम्म एकीकृत निर्णय गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २९ गते १४:३४

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) सत्ता समीकरणबारे भोलिसम्म एकीकृत निर्णय गर्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूको बैठकले सत्ता समीकरणबारे भोलिसम्म थप छलफल गरेर एकीकृत निर्णय गर्ने निष्कर्ष निकालेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘भोलिसम्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ । विभिन्‍न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्‍नरत छौं,’  डा. भट्टराईले भने, ‘अहिले निष्कर्षमा पुगिसकेका छैनौं । भोलिसम्म निष्कर्षमा पुग्छौं ।

जसपामा सरकारबारे दुई धार छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई समूह वैकल्पिक सरकार बनाउनु पर्ने पक्ष छ । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह वर्तमान सरकारलाई नै निरन्तरता दिनु पर्ने पक्षमा छ।   प्रतिनिधि सभाबाट  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई बिहीबार साँझसम्मको समय दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *