२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमाले बिबादको समाधान स्थायी कि १ महिनाका लागि ?

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १ गते १०:५२

काठमाडौ-    प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी विवाद समाधानका विषयमा बेग्ला बेग्लै  छलफल जारी छ ।  तर कतिपय विश्लेषकहरुले प्रधानमन्त्री एंव अध्यक्ष ओलीले संसदमा एक महिना पछि बिश्वासको मत लिने चालबाजी त गरेका होईनन भनी टिपण्णी गर्न थालिएको छ ।  एमाले नेता सुवास नेम्वाङले दुवै पक्षबीचमा विवाद समाधानका लागि कार्यदल गठनका सम्बन्धमा आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँले स्वयम् आफैले पनि पार्टी अध्यक्ष ओली र नेता नेपालसँग विवाद समाधानका लागि कुराकानीमा गर्ने जानकारी दिनुभयाे । त्यस्तै एमाले नेता माधवकुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि पार्टीको आन्तरिक विवाद समाधानका विषयमा अब बन्ने कार्यदलले टुंगो लगाउने बताउनुभयो ।

पार्टीको आन्तरिक विवाद समाधानका विषयमा बोल्दै उहाँले आजसम्म उक्त कार्यदल बन्ने भनिए पनि यसबारे आफूलाई प्रष्ट जानकारी नभएको बताउनुभयाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गरिसक्नुभएको छ ।सपथ ग्रहणकै दिन प्रधानमन्त्री ओलीले पहिलाकै मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो । र सो समय अगाडि लामो समयदेखि असन्तुष्ट पक्ष नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियोे । उक्त भेटवार्ता सकारात्मक रहेको दुवै पक्षले बताउदै आएका छन् । यससँगै एमाले पार्टीभित्रको सबै आन्तरिक विवाद समाधानका विषयमा कार्यदल बन्ने एमाले नेता नेपाल पक्षले पनि बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *