२०८१ साउन १२ गते | 27th of July 2024

एमालेका ११ नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १० गते १३:०८

काठमाडौँ –  एमाले स्थायी समितिले स्पष्टिकरण सोधिएका ११ एमालेका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।  निस्काशीत गरिएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु समेत ११ जना रहेका छन।

यसअघि स्पष्टीकरण दिने समय सकिदासम्म पनि ती नेताहरुले स्पष्टीकरण बुझाएका थिएनन। एमाले नेता भिम रावलले त्यस्तो एकपक्षीय स्पष्टीकरणको कुनै अर्थ नभएको बताएका थिए। रावलले त्यस्ता स्पष्टीकरणको जवाफ दिनु जरुरी पनि नभएको बताएका थिए। बालुवाटारमा बसेको स्थायी समिति बैठकले माधव नेपाल, झलनाथ खनाल लगायत ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *