२०८२ साउन ४ गते | 19th of July 2025

प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा प्रचण्ड बिश्वस्त

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २५ गते १४:२१

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्। न्यायालयले पनि अन्तत: संविधान नै हेर्ने भएकोले प्रतिनिधि सभा पुनर्स्थापना हुने प्रचण्डको भनाइ थियो।  प्रचण्डले  मंगलबार भर्चुअल रूपमा भएको नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा भनेका हुन्।

‘अदालतले पनि हेर्ने भनेको संविधान नै हो। संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन,’ उनले भने। उनले प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा पनि रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *