२०८२ चैत १२ गते | 26th of March 2026

एक दुई दिनमै मन्त्रीमण्डल बिस्तार गर्ने सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:५२

काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बिहीबार बिहान बस्ने भएको छ। बिहीबार बिहान ८:३० बजेतिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्त र सरकारका अन्य काम–कारबाहीका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्न प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। यसअघि बुधबार बिहान पनि गठबन्धनका नेताहरुको बैठक बसेको थियो। बुधबारको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्‌लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *