२०८२ फागुन ९ गते | 21st of February 2026

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २५ गते १५:२९

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन गरिएको छ। निर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको छ। केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएको छ। भदौ १८ देखि २६ सम्म वडा तहको अधिवेशन हुन नसकेका २० जिल्लाको वडा अधिवेशन असोज ५ का लागि सारिएको छ। डडेलधु्रामा आज भएको वडा अधिवेशनसहित ५७ जिल्लाको वडा अधिवेशन सकिएको छ।

आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ। सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ। एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १८ गते हुने गरी सारिएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ। केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *