काठमाडौं ८ साउन । नेपाल ट्रेड युनियनका अध्यक्ष खिलानाथ दाहालले स्वदेशमा नै रोजगारीको सिर्जना गरी युवा शक्तिलाई देशभित्र आय आर्जनमुलक क्षेत्रमा लगाउनुपर्ने बताएका छन । आज राजधानीमा युनि नेपालले आयोजना गरेको विश्वमा कामको भविष्य विषयक विचारगोष्टिमा बोल्दै देशमा युवाहरुहलाई रोजगारीको विकास नगरी आर्थिक समृद्धि नहुने बताए । अध्यक्ष दाहालले देशमा रोजगारीको सिर्जना गर्न सके युवाहरु विदेश पलाएन नहुने विचार व्यक्त गरेका छन ।
कार्यक्रमको युनि नेपालका अध्यक्ष शंकर लामिछाको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल टेलिकमका कृष्णप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा युनि एप्रोका रिजनल सेक्रेटरी क्रिष्टोफर एनजी, युनि ग्लोवल यसनियका सिनियर पोलिसि को अर्डिनेटर एलेक्स होगब्याकले आफनो विचार व्यक्त गरेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघका गणेश रेग्मी तथा पेशागत महासंगका लालबहादुर पाख्रिनले मजदुरको क्षेत्रमा देखिएका विद्यमान समस्या र त्यसका समाधानका विषयमा विचार व्यक्त गरेका थिए ।