काठमाडौं २० साउन । भरतपुरमा आज भएको निर्वाचनको मत गणना आजै हुने भएको छ । आज राती १० बजेदेखि मतगणना कार्य आरम्भ गरिने जनाइएको छ। मुख्य निर्वाचन अधिकृत कवि राज न्यौपानेका अनुसार सबै मतदान स्थलका मतपेटिकाको संकलन कार्य सकी मतदान केन्द्रवाट मतपेटिका कडा सुरक्षाका साथ मतगणना स्थल भरतपुरको कवडहलमा ल्याइसकिएको छ।
मतगणनास्थल कडा सुरक्षा व्यवस्था अपनाउने प्रयास अन्तर्गत मतगणना स्थल वरपरको चार किल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। भरतपुर १९ मा मतदान शान्तिपूर्ण वातावरणमा सकिएको छ।