२०८० मंसिर २१ गते | 7th of December 2023

युवा संघको महाधिवेशन असोजमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २२ गते १३:५८

 

काठमाडौँ, २२ साउन । नेकपा (एमाले) निकट युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन असोजमा गर्ने निर्णय भएको छ ।

संघको आज बसेको स्थायी कमिटी बैठकले असोज २२ देखि २४ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको संघका महासचिव किरण पौडेलले जानकारी दिए । संघको महाधिवेशन भएको ५ वर्षपछि महाधिवेशन हुन थालेको हो ।

यसअघि, २०६९ फागुनमा बुटवलमा आठौँ महाविधेशन भएको थियो । विसं २०७१ मा महेश बस्नेत उद्योगमन्त्री भएपछि संघको महाधिवेशन नभई केन्द्रीय बैठकबाट नै अध्यक्षसहित पदाधिकारी चयन हुँदै आएको छ । २०७२ सालमा ६ महिनामा महाधिवेशन गर्ने गरी जिम्मा पाउनुभएका अध्यक्ष राजीव पहारीले करिब दुई वर्ष नेतृत्व सम्हालेका छन । पहारी भन्दा अघि निरु पाल अध्यक्ष बनेका थिए ।

असन्तुष्ट पक्षधर उपाध्यक्षद्वय दिलु पन्त र राजीव गुरुङ, सचिवद्वय नरेश शाही र हस्त शाही, क्रान्ति वुर्लाकोटी र मञ्जु यादवले संघको महाधिवेशन गर्न माग गरेका थिए । करिब दुई हजार २०० प्रतिनिधी सहभागी हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटीमा कतिजना रहने भन्नेबारे टुङ्गो अझै नलागेको महासचिव पौडेलले बताए ।

“पदाधिकारी र केन्द्रीय कमिटी सदस्य कति रहने भन्ने बारेमा हामी छलफलमा छौँ”, उहाँले भन्नुभयो, “महाधिवेशनका लागि तयारीका लागि पनि केही दिनमा हामी उपसमिति बनाउँछौँ ।”

यसैगरी, संघले महाधिवेशनबाट सङ्घीय संरचनामा जाने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *